गृहपृष्ठ पेरुमा राजनीतिक संकटः राष्ट्रपतिमाथि महाअभियोग लगाएपछि चर्कियो हिंसा, २० जनाको मृत्यु
पेरुमा राजनीतिक संकटः राष्ट्रपतिमाथि महाअभियोग लगाएपछि चर्कियो हिंसा, २० जनाको मृत्यु
पेरुमा निवर्तमान राष्ट्रपति पेड्रो कास्टिलामाथि महाभियोग लगाएसँगै हिंसा चर्किएको छ । हिंसात्मक प्रदर्शन भइरहेका बेला दुई सरकारी मन्त्रीले आफ्नो पद त्यागेका छन्।
सुरक्षाकर्मी र पेड्रो कास्टिलोका समर्थकहरूबीच भएको झडपमा बिहीबार थप आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो सँगै जारी हिंसामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
यसैबीच, प्रदर्शनकारीहरूले विमानस्थल बन्द गर्न बाध्य पारेपछि हजारौं पर्यटक कस्को शहरमा फसेका छन् ।
संसदले क्यास्टिलोलाई पदबाट हटाएपछि प्रदर्शन सुरु भएको हो । पेरु वर्षौंको राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ ।
पछिल्लो संकट डिसेम्बर ७ देखियो जतिबेला पूर्वराष्ट्रपतिले कांग्रेस विघटन गरेर र संकटकाल लगाउने तयारी गरे । तर, कास्टिलोको योजना बिफल भयो र संसदले उनलााई महाभियोग लगाउने पक्षमा मतदान गर्यो ।
प्रकाशित समय : ११:१८ बजे


















