nmb bank

गृहपृष्ठ प्रदूषण जाँच पास नभएका गाडीलाई पुस १ गतेदेखि एक लाख जरिवाना

प्रदूषण जाँच पास नभएका गाडीलाई पुस १ गतेदेखि एक लाख जरिवाना

प्रदूषण जाँच पास नभएका गाडीलाई पुस १ गतेदेखि एक लाख जरिवाना

सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी गर्दै जरिवानाको चेतावनी दिएको हो ।

विभागले हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको छ । ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो । सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।

अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सञ्चालनमा ल्याउन दिने विभागले आज जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही गर्ने जनाएको छ ।

साथै आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ । त्यस्तो पाइए कडा कारबाही गर्ने विभागको चेतावनी छ ।

यस्तो छ जारी सूचनाः

प्रकाशित समय : ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु