गृहपृष्ठ आधुनिक जर्मनीको वैधतामा अविश्वास, संसद भवनमा हमला गर्न खोज्ने २५ जना पक्राउ
आधुनिक जर्मनीको वैधतामा अविश्वास, संसद भवनमा हमला गर्न खोज्ने २५ जना पक्राउ
जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
७१ वर्षीय प्रिन्स हेनरिक तेर्हौँ को रूपमा वर्णन गरिएका एक कुलीनलाई उनीहरूको योजनाको केन्द्रबिन्दु भएको आरोप लगाइएको छ।
संघीय अभियोजकहरूका अनुसार उनी जर्मनीका विभिन्न स्थानमा पक्राउ परेकाहरूमध्यका कथित दुई नेता मध्ये एक हुन् । समूहमा चरमपन्थी राइचसबर्ग र (रिचका नागरिक) आन्दोलनका सदस्यहरू संलग्न छन्, जुन हिंसात्मक हमलाहरू र जातिवादी षडयन्त्र सिद्धान्तहरूका लागि लामो समयदेखि जर्मन पुलिसको नजरमा रहेका थिए । उनीहरूले आधुनिक जर्मनलाई मान्यता दिन अस्वीकार गरेका छन् ।
आधुनिक जर्मनीको वैधतामा विश्वास नगर्ने समूहले हिंसा भड्काउने प्रयत्न गरेको जर्मनीका गृहमन्त्री न्यान्सी फिजरले बताएकी छन् । त्यस्ता गतिविधि निष्प्रभावी पार्ने उनको भनाइ छ । न्यायमन्त्री मार्को बुशम्यानले ठूलो आतंकवाद विरोधी अभियान भइरहेको बताएका छन् । ‘संवैधानिक निकायहरूमा सशस्त्र आक्रमणको योजना थियो ।’, उनले ट्वीट गरे ।
प्रकाशित समय : ०७:५६ बजे


















