गृहपृष्ठ एनआइसी एसिया बैंकको ‘विश्वकप’ योजना : ३०० भाग्यशालीले फाइनल खेल हलमा हेर्न पाउने

एनआइसी एसिया बैंकको ‘विश्वकप’ योजना : ३०० भाग्यशालीले फाइनल खेल हलमा हेर्न पाउने

एनआइसी एसिया बैंकको ‘विश्वकप’ योजना : ३०० भाग्यशालीले फाइनल खेल हलमा हेर्न पाउने

एनआइसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

योजनाअनुसार बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने फुटबलप्रेमी ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सयदेखि २ हजार रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । योजनाअन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ ।

२० लाख पटकभन्दा बढी डाउनलोड भइसकेको एनआइसी एसिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिकासहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रतिमर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु