गृहपृष्ठ नेदरल्याण्ड्स समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा, कतार जितविहीन

नेदरल्याण्ड्स समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा, कतार जितविहीन

नेदरल्याण्ड्स समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा, कतार जितविहीन

आयोजक कतारको पहिलो विश्वकप सहभागितालाई बिर्सनलायक बनाउँदै नेदरल्याण्ड्स फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा नेदरल्याण्ड्सले कतारलाई २–० ले पराजित गर्‍यो । दुई जित र एक बराबरीबाट ७ अंक जोड्दै नेदरल्याण्ड्स समूह विजेता बनेको छ । नेदरल्याण्ड्सलाई समूह चरणमा दोस्रो जित दिलाउन कोडी गाक्पो र फ्रेन्की डे जोङले गोल गरे ।

नेदरल्याण्ड्सले पहिलो खेलमा सेनेगललाई पराजित गरेको थियो भने दोस्रो खेल इक्वेडरसँग बराबरी खेलेको थियो ।

आयोजककै हैसियतमा विश्वकपमा डेब्यु गरेको कतारले भने समूह चरणको तीनवटै खेलमा पराजित भयो ।

यसअघि नै लगातार दुई खेल हारेपछि समूह चरणबाट बाहिरिसकेको कतारको अन्तिम खेललाई सुखद बनाउने चाहना पूरा हुन सकेन । कतार विश्वकपमा समूहको सबै तीन खेल हार्ने पहिलो आयोजकसमेत बनेको छ ।

समूह ए को विजेता नेदरल्याण्ड्सले अब अन्तिम १६ मा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी अन्तर्गत आज मध्यराति इंग्ल्याण्ड र वेल्स तथा इरान र अमेरिकाबीच खेल हुनेछ ।

प्रकाशित समय : ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु