गृहपृष्ठ नेशनल लाइफकाे २ दिने बिमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफकाे २ दिने बिमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफकाे २ दिने बिमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

यसक्रममा कम्पनीले बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोतास्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरुलाई कम्पनीले बीमासम्बन्धी जानकारी दिएको थियो ।

कार्यक्रममा दुवै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । सो अवसरमा कम्पनीले करिब १०० जना शिक्षकको १ लाखको म्यादी जीवन बिमा गरेको थियो । सोही अवसरमा कम्पनीले मृगौला पीडित उजाला कुमारी दमाईलाई सीआरएसअन्तर्गत  सहयोगस्वरुप २५ हजार रुपैयाँ पनि प्रदान गरेको थियो ।

यस्तै, कम्पनीले जिल्लाकै जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्रांगणमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियाे ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु