गृहपृष्ठ ‘निर्वाचन परिणामले राजनीतिक अस्थिरता आउँदैन’

‘निर्वाचन परिणामले राजनीतिक अस्थिरता आउँदैन’

‘निर्वाचन परिणामले राजनीतिक अस्थिरता आउँदैन’

काठमाडौं, १२ मंसिर । एमाले उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आमनिर्वाचनको परिणामले राजनीतिक अस्थिरता ननिम्तिने बताएका छन् । एक साताअघि ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एमालेका शीर्षनेता पराजित भएका बेला उपाध्यक्ष नेम्वाङले निर्वाचनको परिणाम जस्तो आएको भए पनि राजनीतिक अस्थिरता आउन दिन नहुने बताएका हुन् ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले राजनीतिक अस्थिरता आउन नदिन सबै दल र नेताहरु सचेत रहनुपर्ने बताए । मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको र सोहीअनुसार मिश्रित परिणाम आउनेबारे सबै दल जानकार रहेको भन्दै उनले राजनीतिक अस्थिरता आउन नदिने गरी काम गर्नुपर्ने बताए ।

लोकतन्त्रमा निषेधको राजनीति गर्न नहुने आफूहरुको विचारलाई जनताले पनि निषेधको राजनीति पराजित भएको भन्दै उनले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न जनादेश आएको बताए ।
जनादेशअनुसार राजनीतिक दलअघि बढ्नुपर्ने भन्दै उनले संविधान कार्यान्वयनमा र लोकतन्त्रलाई असर नगर्नेगरी जनादेश नआएको बताए । एमालेलाई सरकारमा जान आतुर नरहेको भन्दै नेम्वाङले अहिलेका जनादेशअनुसार नै अघि बढ्नुपर्ने बताए ।

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु