गृहपृष्ठ गुल्मीबाट गोकर्ण बिष्टले गरे ‘ह्याट्रिक’

गुल्मीबाट गोकर्ण बिष्टले गरे ‘ह्याट्रिक’

गुल्मीबाट गोकर्ण बिष्टले गरे ‘ह्याट्रिक’

नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।

बिष्ट तेस्रो पटक सांसद भएका हुन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् । बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।

बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् । झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् ।

‘ज्ञानको हिसावले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,’ उनले लेखेकी छिन्, ‘जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु । मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु ।’

उनले मतदातालाई धन्यवाद दिंदै निर्वाचनमा विजयी भएका बिष्टलाई बधाई पनि दिएकी छिन् ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु