गृहपृष्ठ चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभीहरू हस्तान्तरण
चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभीहरू हस्तान्तरण
काठमाडौं । दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को चितवनका लागि टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले आकर्षक अफरसहित प्रदर्शन गरिरहेको छ। उक्त अवसरमा टाटा टियागो ईभी र पन्च ईभीहरूमा ग्राहकहरुको उच्च आकर्षण रहेको छ।
प्रमुख अथिति बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको समुपस्थितिमा नयाँ गाडीहरू – टियागो ईभी र पन्च ईभीहरु ग्राहकलाई हस्तान्तरण गरिएको छ । चितवन एक्स्पो सेन्टर, भरतपुर-१० मा जारी अटो शोमा मुख्यमन्त्रीले सिप्रदीको प्रदर्शनी कक्ष अवलोकन गर्दै नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडी टाटा टियागो ईभी र टाटा पन्च ईभीको साँचो हस्तान्तरण गरेका हुन ।
यसपटकको प्रदर्शनीमा हल नम्बर १ को स्टल नम्बर ५ मा टाटाका ईभी गाडीहरुको प्रदर्शन गरिरहेको छ। प्रदर्शनीमा मुख्य आकर्षकको रूपमा रहेका टाटाका ईभी गाडीहरु आफ्नो अत्याधुनिक प्रविधि, उच्च सुरक्षा रेटिङ र किफायती सञ्चालन खर्चका कारण अवलोकनकर्ताहरूको निकै भिड बटुलिरहेका छन् ।
भविष्यको सुरक्षित र प्रविधिमैत्री यात्राका लागि टाटाका यी गाडीहरू उत्कृष्ट रोजाइ बनेका छन्। इच्छुक ग्राहकहरूले ‘चितवन अटो शो २०२६’ को हल नम्बर १ को स्टल नम्बर ५ मा भ्रमण गरि थप जानकारीका साथै विशेष अफरहरुको साथ टाटा कारहरु लिन सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १४:५९ बजे




















