गृहपृष्ठ ७ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियाेगमा युवक पक्राउ
७ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियाेगमा युवक पक्राउ
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
महोत्तरीकाे बर्दिबास ढुंग्रेे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ सिरूटार बिरूवा बस्ने १९ वर्षीय निशान तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाृ । ती बालिकालाई निशानले कात्तिक २८ गते दिउँसो आफ्नै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय : १२:४० बजे




















