गृहपृष्ठ टीसीएलको ‘फुटबल हंगामा’ योजना सार्वजनिक
टीसीएलको ‘फुटबल हंगामा’ योजना सार्वजनिक
टीभी ब्राण्ड टीसीएलले यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकहरुले टीसीएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै टीसीएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन् ।
ग्राहकहरुले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टीसीएल टाईप गरि आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखेर ३१००३ मा एसएमएस गर्नुपर्नेछ । यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । टीसीएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो । नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी इओएल रहेको छ ।
सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुमा रहेका छन् ।
प्रकाशित समय : १२:४९ बजे




















