गृहपृष्ठ सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ काराेबार ?
सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ काराेबार ?
नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । याे क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।
अघिल्लो कारोबार दिन प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला ९६ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि ५ रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १२:०८ बजे




















