global ime bank Long Banner Ad

गृहपृष्ठ मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ

मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ

मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ

मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन्।

पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो ।

गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु