global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस-माओवादीले भने- भ्रमपूर्ण षड्यन्त्र रचियो

कांग्रेस-माओवादीले भने- भ्रमपूर्ण षड्यन्त्र रचियो

कांग्रेस-माओवादीले भने- भ्रमपूर्ण षड्यन्त्र रचियो

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आफूहरूबीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शनिबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले फोटोसप गरी ‘फेक न्युज’ फैलाइएकोप्रति आपत्ति जनाएका हुन् ।

‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो,’ दुवै पार्टीका केन्द्रीय कार्यालयका मुख्यसचिवद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा उल्लेख छ ।

उनीहरूले कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आबद्ध पाँचै दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । त्यस कार्यलाई उनीहरूले भ्रमपूर्ण षड्यन्त्र भन्दै एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको टिप्पणी गरेका छन् । ‘…निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’

स्थिर समयको मूल्य-मान्यताविपरीत त्यस्ता सामग्रीलाई सामाजिक सञ्जालमा सेयर गर्नु निर्वाचन अपराधसमेत भएको उनीहरूको ठहर छ । त्यस कार्यमा संलग्न उमेदवार, व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन् ।

विज्ञप्ति :

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु