गृहपृष्ठ सुनकाे मूल्य २०० रुपैयाँले बढ्यो
सुनकाे मूल्य २०० रुपैयाँले बढ्यो

सुनकाे मूल्य ताेलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित समय : १२:२२ बजे