गृहपृष्ठ चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर

चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर

चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर

नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत निर्वाचनमा भाग लिन जाने मतदातामध्ये भाग्यशाली तीनजनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै ती मतदाताले भोट दिएका तीन जना उम्मेदवारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।

मतदाताले भोट दिएका उम्मेदवारले निर्वाचनमा विजयी वा हार बेहोरे पनि उपहार प्राप्त हुनेछ । अफरबाट विजयी मतदाताले आफूले मत दिएको उम्मेदवारको विषयमा बससेवालाई जानकारी दिएपछि उम्मेदवारलाई उक्त उपहार प्राप्त हुनेछ । मतदाताले सिफारिस गरेको उम्मेदवारको विवरण भने गोप्य राखिनेछ । विजेताको चयन बससेवाको आधिकारिक फेसबुक पेजमा लाइभमार्फत गोलाप्रथाबाट गरिनेछ ।

मतदाता लक्षित उपहार योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ‘देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढीभन्दा बढी सहभागिता होस् भन्ने उद्देश्यले हामीले यस्तो अफर सार्वजनिक गरेका हौं । अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उम्मेदवारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उम्मेदवारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ ।’

यो योजना कात्तिक ३० देखि मंसिर ५ गतेसम्म लागू हुनेछ । मतदाता तथा यात्रुले बसपार्र्कका अलावा हालैमात्र बससेवाले कलंकीस्थित ढुंगेअड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढी सहजै यात्रा गर्न सक्नेछन् ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु