nmb bank

गृहपृष्ठ ओडेगार्डको २ गोलमा आर्सनल विजयी, सिटीमाथि ५ अंकको अग्रता

ओडेगार्डको २ गोलमा आर्सनल विजयी, सिटीमाथि ५ अंकको अग्रता

ओडेगार्डको २ गोलमा आर्सनल विजयी, सिटीमाथि ५ अंकको अग्रता

कप्तान मार्टिन ओडेगार्ड दुई गोल गरेपछि शीर्ष स्थानको आर्सनलले प्रिमियर लिगमा शनिबार राति वल्भ्सलाई २-० ले पराजित गरेको छ ।

यस जितले आर्सनले म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता समेत बनाएको छ । सिटी ब्रेन्टफवर्डसँग स्तब्ध भएपछि आर्सनले जितसहित अंकदूरी बढाएको हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा कप्तान ओडेगार्डले दुवै गोल दोस्रो हाफमा गरे । ओडेगार्डले ५४औं मिनेटमा फाबियो भिएराको पासमा गोल गरेका थिए भने ७५औं मिनेटमा पेनाल्टी बक्सभित्र प्राप्त बलमा गोल गरे ।

जितपछि आर्सनलको १४ खेलबाट ३७ अंक भएको छ । सिटीको समान खेलबाट ३२ अंक छ ।

कतारमा यही नोभेम्बरदेखि सुरु हुने फिफा विश्वकपअघि शीर्ष स्थान मा रहेको आर्सनलले क्रिसमस शीर्ष स्थानमा रहेर बिताउने भएको छ । विश्वकपपछि प्रिमियर लिग अब डिसेम्बर अन्तिममा मात्र फेरि सुरु हुनेछ ।

आर्सनलका म्यानेजर मिके अर्टेटाले आर्सनल पाँच अंकको अग्रतासहित शीर्ष स्थानमा रहँदा अहिले सबै स्तब्ध भएको र कसैले पनि यस्तो अपेक्षा नगरेको बताएका छन् ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु