गृहपृष्ठ सुनचाँदीकाे मूल्य बढ्याे
सुनचाँदीकाे मूल्य बढ्याे

आइतबार नेपाली बजारमा सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हाे । गत शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि गत शुक्रबारको मूल्यमा ६ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढ्दै आज एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय : ११:२१ बजे