गृहपृष्ठ गोर्खाज फाइनान्सको पोखरा शाखा उद्घाटन
गोर्खाज फाइनान्सको पोखरा शाखा उद्घाटन
गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो पोखरा स्थानान्तरित शाखा शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेकोे छ । वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटन समारोहमा मन्तव्य राख्दै वक्ताहरुले वित्तीय संस्थाले पुर्याएको सेवा प्रशंसा गर्दै आगामी दिनमा समेत अझ सशक्त रुपमा अगाडि बढ्न सुझाव दिए । संस्थाले आफ्नो देशभर रहेका २७ वटा शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा समेत निक्षेप योजना तथा कर्जा लगानीमा नवीनतम योजनाहरुसहित व्यवसाय विस्तार गर्ने योजना साथ अगाडि बढिरहेको प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले बताए ।
प्रकाशित समय : १६:०५ बजे



















