global ime bank Long Banner Ad

गृहपृष्ठ पश्चिम सेती निर्माण गर्ने ओलीकाे आश्वासन

पश्चिम सेती निर्माण गर्ने ओलीकाे आश्वासन

पश्चिम सेती निर्माण गर्ने ओलीकाे आश्वासन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम सेती निर्माण गर्ने आश्वासन दिएका छन् ।

आज सुदूरपश्चिम प्रदेशको डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा विविध कारणले आयोजना सम्पन्न गर्न सम्भव नभए पनि निर्वाचन पछि बन्ने एमाले सरकारले आयोजना पूरा गरेरै छाड्ने बताए ।

पश्चिम सेतीको निर्माण पछि यो ठाउँले नयाँ विकासको मार्ग लिने उनको दाबी छ । सुदुरपश्चिमका विभिन्न क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि एमाले नेतृत्व तयार रहेको उनको भनाइ छ ।

यस्तै उनले भूकम्प पीडितका लागि राहत र उद्धारका काम तत्काल गर्न सरकारसँग माग समेत गरे । जनतालाई परेको पिरमर्कामा मलम लगाउन सरकारले ढिला गर्न नहुने उनको भनाइ छ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु