global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा १४ वर्षीय बालिका बलात्कृत

काठमाडौंमा १४ वर्षीय बालिका बलात्कृत

काठमाडौंमा १४ वर्षीय बालिका बलात्कृत

काठमाडौंमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

धादिङ सिद्धलेख गाउँपालिका-२, पात्ले घर भई हाल काठमाडौँ महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । गिरीले ती बालिकालाई ललाईफकाई काठमाडौं महानगरपालिका-१५, स्वयम्भू स्तुपा जंगलमा जबरजस्ती करणी गरेको आराेप छ ।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु