global ime bank Long Banner Ad

गृहपृष्ठ घट्यो नेप्से, काराेबार रकम पनि खुम्चियाे

घट्यो नेप्से, काराेबार रकम पनि खुम्चियाे

घट्यो नेप्से, काराेबार रकम पनि खुम्चियाे

आज सेयर काराेबार मापक नेप्से झिनाे अंकले घटेकाे छ । सेयरबजारमा आज २.५७ अंकको गिरावट आएको हाे ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १९५६.३६ विन्दुमा पुगेको छ । मंगलबार २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर १८ हजार ४७२ पटकको खरिदबिक्रीमा १ अर्ब ५ करोडको कारोबार भएको छ । काराेबार रकम अघिल्लाे दिनकाे तुलनामा घटेकाे हाे । साेमबार २२४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ९१ लाख रुपैयाँकाे काराेबार भएकाे थियाे ।

आज फाइनान्स, निर्जीवन बिमा, अन्य, जीवन बिमाको सूचक बढे पनि बाँकी घटेका छन् । यसअनुसार ५८ कम्पनीको सेयर बढेको, ११४ वटाको घटेको र १२ वटाको उही मूल्यमा कारोबार भएको छ ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु