गृहपृष्ठ ‘रियलमी सी३०’ सार्वजनिक, कति छ मूल्य ?
‘रियलमी सी३०’ सार्वजनिक, कति छ मूल्य ?
स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिज अन्तर्गत नयाँ रियलमी सी३० एस सार्वजनिक गरेको छ । फोन इन्डस्ट्री लिडिङ क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको जनाइएको छ ।
५ हजार एमएएच ब्याट्री क्षमता र एन्टी-स्लिप डिजाइन भएको सो फोनले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्ने कम्पनीको भनाइ छ । लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प हो । रियलमीमा हामी हाम्रा प्रयोगकर्ताहरूका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ । रियलमीको यो सी सिरिज, एन्ट्री-लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्ध गराउन पाउँदा मलाई गर्व लागेको छ ।’
फोन स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगमा उपलब्ध हुनेछ भने जसको मूल्य १३ हजार ४९९ (२ जीबी प्लस ३२ जीबी) र १५ हजार ९९९ (४ जीबी प्लस ६४ जीबी) रूपैयाँ रहेको छ ।
प्रकाशित समय : १५:५५ बजे


















