गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता
सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आइतबार दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।
बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा २ हजार ५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्नुपर्छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्न र डेबिट कार्डको लागि आजै आवेदन दिन बैंकले अनुरोध गरेको छ ।
बैंकका अनुसार यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । माथि उल्लेखित पूर्वभुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्राप्त हुने जनाएको छ । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित समय : १३:०६ बजे



















