global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आइसीसी टी-२० विश्वकप : पूरा भयाे सेमिफाइनल समीकरण

आइसीसी टी-२० विश्वकप : पूरा भयाे सेमिफाइनल समीकरण

आइसीसी टी-२० विश्वकप : पूरा भयाे सेमिफाइनल समीकरण

आइसीसी टी-२० विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको छ । अस्ट्रेलियामा जारी  प्रतियोगिताको समूह ‘२’मा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले सेमिफाइनलमा पुगेसँगै सेमिफाइनल खेल्ने ४ टिमको टुंगो लागेको हो ।

समूह ‘१’बाट न्युजिल्यान्ड विजेता र इंग्ल्यान्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुग्दा समूह ‘२’बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाए ।

आइतबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । आइतबार एडिलेडमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन मात्र बनाएको थियो । जवाफमा पाकिस्तानले उक्त लक्ष्य ११ बल बाँकी हुँदै ५ विकेट गुमाएर पुरा गर्‍यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ३२ रन बनाउँदा मोहम्मद ह्यारिसले ३१ रन बनाए । त्यस्तै कप्तान बाबर अजामले २५ रन बनाउँदा सान मसुदले २४ रन जाेडे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर नजमुल होसेइन सान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनीबाहेक अन्यको प्रदर्शन भने गतिलो रहेन् । सौम्य सरकारले २० रन बनाउँदा अफिफ होसेइनले २४ रन बनाएका थिए ।

त्यस्तै, थप दोहोरो स्कोरका रुपमा लिटन दासले १० रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा साहिन सा अफ्रिदीले ४ विकेट लिएका थिए । त्यस्तै सादव खानले २ विकेट लिए ।

पाकिस्तानले लगातार सुरुवाती दुई खेल गुमाए पनि पछिल्ला तीन खेलमा जित निकाल्दै अन्तिम चारमा स्थान बनाएकाे हाे । आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्डसँग पराजित भएसँगै पाकिस्तानको भाग्य खुलेको थियो ।

समूह ‘२’को अन्तिम खेलमा भारत र जिम्बाब्वे प्रतिस्पर्धा गर्दैछन् । उक्त खेलमा भारत विजयी भए समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्ने छ । पराजित भएमा पाकिस्तान समूह विजेता हुने छ ।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु