काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पिकेको विदाई खेलमा बार्सिलोनाको जित

7.73K
shares

रक्षक जेरार्ड पिकेको विदाई खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक–एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

बार्सिलोनाको एकेडेमी खेलाडी पिकले म्यानचेस्टर युनाइटेडमा चार वर्षबाहेक सबै समय क्याटलान क्लबमै व्यतित गरेका थिए । उनले ३५ वर्षको उमेरमा अघिल्लो दिन संन्यास लिग घोषणा गरेका थिए । बार्सिलोनामा रहँदा उनले च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको गरि ३० उपाधि जितेका थिए ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल मड्रिडभन्दा दुई अंक माथि रहेको छ । एक खेल कम खेलेको रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ खेलबाट समान अंकसहित १५औं स्थानमा छ ।