गृहपृष्ठ प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि
प्रि–ओपन सेसनमा नेप्से सूचक १.१९ अंकले बढेको छ । यो वृद्धिसँगै सूचक १९३९.५० विन्दुमा आइपुगेको छ ।
बिहीबारको बिहानी सेसनमा तीन लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको सात सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कुल सातवटा कारोबार भएको छ । यस सेसनमा दुई कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित समय : ११:३४ बजे


















