global ime bank Long Banner Ad

गृहपृष्ठ क्यासिनो सञ्चालक सिंहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर

क्यासिनो सञ्चालक सिंहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर

क्यासिनो सञ्चालक सिंहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर

झापा, भैरहवा, नेपालगन्ज र धनगढीमा ‘ह्याप्पी आवर’ क्यासिनो सञ्चालन गर्दै आएका सुरेन्द्रबहादुर सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । २७ करोड ६७ लाख सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सिंहलाई प्रमुख प्रतिवादी बनाएर आयोगले चार जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

क्यासिनोमार्फत विदेशी मुद्रा (भारतीय रुपैयाँ र अमेरिकी डलर)को अवैध कारोबार, जुवालगायतका कसुरसमेतबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोतको तहतहमा रूपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्ने समेतका निषेधित काम गरेको विभागको ठहर छ । त्यसबाट उनले प्रत्यक्ष रूपमा पुनः प्राप्त भोगचलन, उपयोग, उपभोग र धारणसमेतका कार्य गरेको विभागले जनाएको छ ।

पत्नी जयन्ती थापा मगरसमेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई आर्थिक तथा कानुनी उद्देश्य लुकाउने, कारोबारमा जटिलता सिर्जना गर्नेलगायतका कार्य गरी कसुर गरेको विभागको दाबी छ । कसुरबाट आर्जित सम्पत्ति एकाघरका परिवारका सदस्यहरू शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा राखी घरजग्गा खरिद–बिक्री गरेको तथा सम्पत्तिको स्रोत, प्रकृति र स्वरूप बदल्न विभिन्न कम्पनीमा लगानी गरेको आरोपपत्रमा उल्लेख छ ।

‘कसुर अपराध गरी प्राप्त सम्पत्तिको गैरकानुनी स्रोतको रूपान्तरण र हस्तान्तरणलगायतका निषेधित कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आयो,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुरेन्द्रविरुद्ध विभागले २७ करोड ६७ लाख ७८ हजार बिगो कायम गरेको छ । उनको नाममा रहेका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि विभागले पत्नी शारदादेवी सिंह, छोरा जीवनबहादुरलाई पनि आयोगले प्रतिवादी कायम गरेको छ । सिंहले क्यासिनो पछि जयन्ती थापालाई बेचेका थिए । यस मुद्दामा करिब तीन वर्ष लामो अनुसन्धान टुंग्याएर विभागले अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित समय : १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु