गृहपृष्ठ थप ५९ जनामा कोरोना पुष्टि, २१ जना संक्रमणमुक्त
थप ५९ जनामा कोरोना पुष्टि, २१ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा देशभर १ हजार ६०२ पीसीआर तथा २ हजार ४० एन्टिजेन परीक्षण भएको थियाे ।
बुधबार २१ जना कोरोना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हाल देशभर ५५३ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयकाे तथ्यांक छ ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ ।

प्रकाशित समय : १७:१३ बजे


















