global ime bank Long Banner Ad

गृहपृष्ठ सन्दीप लामिछाने विरूद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा

सन्दीप लामिछाने विरूद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा

सन्दीप लामिछाने विरूद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा

बलात्कार मुद्दा खेपिरहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरूद्धकाे मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पनि थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे ।

बुधबार जिल्ला अदालत काठमाडौंमा दुवै तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । तर, साे मुद्दामा अन्य कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ । पीडितका तर्फबाट ४ जना सरकारी वकिल र अन्य तीन जना कानुन व्यवसायीले बहस गरेका छन् ।

थुनछेक बहस सकिएपछि सन्दीपलाई थुनामा पठाउने वा धरौटीमा छाड्नेमध्ये एक आदेश हुनसक्छ । सन्दीपका वकिलले बुधबार पीडित नाबालिग नभएको प्रमाण पेस गरेर सन्दीपलाई धरौटीमा छाड्न माग गरेका छन् ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु