काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसले कहिले गर्छ चुनावी घाेषणा पत्र सार्वजनिक ?

10.73K
shares

नेपाली कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।