काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सानिमा बैंकको लाभांश घोषणा

9.85K
shares

सानिमा बैंकको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरिएको छ ।

गत शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट करिब ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने बोनस सेयर र उक्त बोनस सेयर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आउँदो साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्ने बैंकले जनाएकाे छ ।