गृहपृष्ठ मञ्जुले जितिन डिशहोमको नगद एक लाख

मञ्जुले जितिन डिशहोमको नगद एक लाख

मञ्जुले जितिन डिशहोमको नगद एक लाख

एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिन्छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत एक बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।
यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले रु एक लाख जितेकी छिन् ।
हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी न पा १ बेल्सोत उदयपुर का सह—बितरक कृष्ण मोबाइल ७ गिफ्ट सेन्टरका डिलर दाई कृष्ण देवकोटाको मा एक वर्ष रिचार्ज गरेर विश्वकर्माले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थिइन । डिशहोमको तर्फ वाट सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राईटर प्रशान्त चौधरीले पुरस्कार रकम हस्तान्तरण गरेका थिए । विजेता मञ्जु विश्वकर्मालाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु