global ime bank Long Banner Ad

गृहपृष्ठ चुनावी प्रचारमा गएको भन्दै प्रधानाध्यापक कुँवरलाई स्पष्टीकरण

चुनावी प्रचारमा गएको भन्दै प्रधानाध्यापक कुँवरलाई स्पष्टीकरण

चुनावी प्रचारमा गएको भन्दै प्रधानाध्यापक कुँवरलाई स्पष्टीकरण

निर्वाचन आयोगलले निर्वाचन आचारसंहिताविपरीत दल र उम्मेदवारको प्रचार प्रसारमा संलग्न भएको भन्ने विषयमा अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

प्रधानाध्यापक कुँवरले एमालेको चुनाव प्रचारमा संलग्न भएको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधेको हो । आयोगले यसअघि नै आचारसंहिताविपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइसकेको छ ।

आयोगले शिक्षक कुँवरलाई ‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदा रहँदै कुनै दलको सदस्य बन्नुभएको होइन भन्ने आधार के छ ? यदि सदस्य बन्नुभएको हो भने तपाईंलाई राजनीतिक निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम कारबाही हुनु किन नपर्ने हो ?’ भनी स्पष्टीकरण पत्र पठाएको छ ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु