गृहपृष्ठ जयरानीलाई दोस्रो स्वर्ण
जयरानीलाई दोस्रो स्वर्ण
त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो स्वर्ण पदकी जितेकी छन् । पोखरा रंगशालामा आर्मीकी जयरानी थारुले एथ्लेटिक्सको सय मिटर हर्डल्समा स्वर्ण जितेकी हुन् ।
जयरानीले यसअघि आइतबार चार सय मिटर हर्डल्समा स्वर्ण जितेकी थिइन् । आर्मीकी निर्मला थापालाई पछि पार्दै जयरानीले स्वर्ण जितेकी हुन् । उनले सय मिटर हर्डल्स १५.६९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । यसअघि उनले हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
उनले १५.१६ सेकेन्डमा दूरी पूरा गर्दै हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । रजत पदक जितेकी आर्मीकै निर्मलाले १६.२५ सेकेन्डमा दूरी पूरा गरिन् । त्यस्तै, कास्य जितेकी एपीएफकी भगरती कुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गरिन् ।
प्रकाशित समय : १२:११ बजे



















