nmb bank

गृहपृष्ठ सान्जेन जलविद्युतको आइपीओमा १.५५ गुणा बढी आवेदन

सान्जेन जलविद्युतको आइपीओमा १.५५ गुणा बढी आवेदन

सान्जेन जलविद्युतको आइपीओमा १.५५ गुणा बढी आवेदन

सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ५६ करोड ६२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा अन्तिम दिन अर्थात् ३० असोजसम्म २८ हजार ८५७ जना आवेदकले ५६ लाख ६२ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.५५ गुणा बढी आवेदन हो ।

सान्जेनले ५ भदौदेखि एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४, गोल्जुङका बासिन्दाले आवेदन दिन सक्ने व्यवस्था थियो ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्ने व्यवस्था पनि थियो । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु