global ime bank Long Banner Ad

गृहपृष्ठ उपराष्ट्रपति पुनद्वारा ९‍ औं राष्ट्रिय खेलकुदको उद्घाटन

उपराष्ट्रपति पुनद्वारा ९‍ औं राष्ट्रिय खेलकुदको उद्घाटन

उपराष्ट्रपति पुनद्वारा ९‍ औं राष्ट्रिय खेलकुदको उद्घाटन

नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ ।

शुक्रबार अपराह्न उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा ९‍औं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहले झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी हुने टिमहरूले मार्चपाससमेत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् । भव्यरुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरे ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरेका थिए । उद्घाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिएका छन्। उद्घाटन समारोहको अन्त्यमा आतिशबाजी हुनेछ ।

प्रकाशित समय : २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु