global ime bank Long Banner Ad

गृहपृष्ठ इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतको आदेश

इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतको आदेश

इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतको आदेश

काठमाडौं । सिभिल सहकारीको अर्बौ ठगी मुद्दामा व्यापारी तथा पूर्व सांसद इच्छाराज तामाङसहित तीन जनालाई थुनामा राख्न विषेश अदालतले आदेश दिएको छ ।

अदालतमा हाजिर भएका तामाङ, उनकी श्रीमती सृजना तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको हो। ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सहकारीका अध्यक्ष एवं पूर्वसभासद इच्छाराज तामाङसहित ६ जना विरुद्ध ५ अर्ब ६७ करोड ५५ लाख २४ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ, उनका परिवारका सदस्य र आफन्तको नाममा रहेको अर्बौंको सम्पत्ति जफत गर्न माग दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विभागले विशेष अदालतमा दायर गरेको मुद्दामा इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य (तामाङ), छोरीहरू प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङ, मामाससुरा केशवलाल श्रेष्ठ (सिभिल सहकारीका तत्कालीन अध्यक्ष) एवं माइजू सासू (केशवलालकी पत्नी) मीनाकुमारी श्रेष्ठका नाममा रहेको झण्डै ५ अर्ब बराबरको चल–अचल सम्पत्ति जफत गर्न माग दाबी लिइएको छ ।

विभागले इच्छाराजविरुद्ध ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२, पत्नी सिर्जनाको नाममा १ अर्ब ३० करोड ९३ लाख ९५ हजार ८०२, छोरीहरू प्रतिक्षाको नाममा ६ करोड ४७ लाख ४६ हजार २५० र प्रतिष्ठाको नाममा १ करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ बिगो कायम गरेको छ ।

यस्तै, उनका मामा–सुसरा पर्ने केशवलालको नाममा २६ करोड ६१ लाख ४५ हजार ५३० तथा माइजूसासू मीनासमेतको नाममा गरी कूल ४ अर्ब ९७ करोड ७७ लाख ९९ हजार १७२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

पुसमा जिल्ला अदालत काठमाडौंले तामाङलाई ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।

निक्षेपकर्ताले सहकारीमा जम्मा गरेको ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ हिनामिना गरेको आरोप तामाङमाथि छ । ठगी मुद्दामा गत असोज १९ गते सीआईबीले तामाङलाई पक्राउ गरेको थियो ।

प्रकाशित समय : २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु