गृहपृष्ठ बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन
बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन
नेकपा (एकीकृत समाजवादी)ले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।
पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने पनि उनले बताएका छन् ।
सत्ता गठबन्धन भागबण्डा गर्दा कतिपय स्थानमा आफ्नो पार्टीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्ता उम्मेदारीले गठबन्धनका आधिकारिक उम्मेदवारलाई धक्का दिनसक्ने भन्दै उनीले फिर्ता लिन निर्देशन दिएका हुन् ।
प्रकाशित समय : ११:१० बजे


















