global ime bank Long Banner Ad

गृहपृष्ठ चीनको प्रविधि विश्वव्यापी सुरक्षामा खतराः बेलायत

चीनको प्रविधि विश्वव्यापी सुरक्षामा खतराः बेलायत

चीनको प्रविधि विश्वव्यापी सुरक्षामा खतराः बेलायत Mixed China and United Kingdom flag, three dimensional render, illustration

चीनको प्रविधिको प्रयोग विश्वव्यापी सुरक्षाको लागि खतरा रहेको बेलायतको गुप्तचर निकायका प्रमुख जेर्मी फ्लेमिङले चेतावनी दिएका छन् । बेइजिङले स्वदेशमा असहमतिलाई दबाउन र विश्वभर आफ्नो प्रभाव फैलाउन नयाँ प्रविधिहरू प्रयोग गर्न चाहेको उनको भनाइ छ ।

फ्लेमिङका अनुसार चीनले प्रविधि हेरफेर गर्न डिजिटल मुद्राबाट उपग्रह प्रणालीमा आफ्नो वित्तीय र वैज्ञानिक शक्ति प्रयोग गरिरहेको छ । फ्लेमिङ गभर्मेन्ट कम्युनिकेसन हेडक्वाटर्स (जीसीएचक्यु) का प्रमुख हुन् ।

‘आफ्ना नागरिकहरूको क्षमतालाई समर्थन गर्ने र बाहिर निकाल्ने तरिकाहरू खोज्नुको सट्टा चीनले नागरिकलाई नियन्त्रण गर्ने अवसरहरू देख्छ’, फ्लेमिङले भनेका छन् ।

प्रकाशित समय : १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु