देउवाविरुद्ध परेको उजुरीमा आज २ बजे जवाफ दिइसक्नुपर्ने
वि.सं.२०७९ असोज २५ मंगलवार ०८:३४
shares
सभापति, शेरबहादुर देउवा
फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि नेपाली काँग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ दिनुपर्ने भएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिईएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बीपी समूहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिईसक्नुपर्नेछ ।
डडेल्धूराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवामाथि परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको छ । देउवाविरुद्ध सोमवार उजुरी परेको थियो ।
सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । प्रधानमन्त्रीसमेत रहेको देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतवार उम्मेदवारी दर्ता गराएका थिए ।
























