गृहपृष्ठ निर्वाचनका दिन सवारीसाधन चलाउन पाइने
निर्वाचनका दिन सवारीसाधन चलाउन पाइने
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् ।
निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चालन गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सवारी साधन सञ्चानल नभए पनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका साधनलाई सञ्चालन अनुमति दिइनेछ । अघिल्ला निर्वाचनमा सवारीसाधन सञ्चालनमा बन्देज हुँदा विभिन्न समस्या आएकाले आयोगले यस्तो निर्णय गरेको हो ।
सवारीसाधन सञ्चालन अनुमति पत्र लिन भीड लाग्ने र विभिन्न दलले वृद्धवृद्धालाई मतदानस्थलसम्म ल्याउन अप्ठयाराे भयाे भन्ने गुनासाे आएपछि नियन्त्रित रुपमा सवारीसाधन खुला गरिएकाे हाे ।
प्रकाशित समय : १६:५२ बजे




















