global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्युठान पहिरो अपडेट : ३ शव निकालियो, ३ जना अझै बेपत्ता

प्युठान पहिरो अपडेट : ३ शव निकालियो, ३ जना अझै बेपत्ता

प्युठान पहिरो अपडेट : ३ शव निकालियो, ३ जना अझै बेपत्ता

प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् ।

प्युठानको माण्डवी गाउँपालिका-४, फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्स्पेक्टर सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहु मगरको शव पहिरोबाट निकालिएको हो । प्रहरीले स्थानीयको सहयोगमा शव निकाल्ने काम गरेको हो ।

उक्त पहिरोमा परी ६० वर्षीय बमबहादुर राहु मगर, चार वर्षीय सुसान्त राहु मगर र ६० वर्षीय हिराबहादुर थापा मगर अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र डीएसपी सुवाश खड्का सहितको टोली दुई दिनदेखि घट्नास्थलमै रहेको प्रवक्ता थापा मगरले जानकारी दिए ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु