काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उम्मेदवारको टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

13.99K
shares

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

हिजो बोलाइएको कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न सकेको थिएन ।

कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड)ले नाम टुंगो लगाउने एक नेताले बताए ।

शेखर पक्षको विरोधपछि प्रधानमन्त्री देउवाले समानुपातिक सूची सच्याउन बाध्य बनेका थिए । अहिले प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउँदा पनि देउवासँग शेखर पक्षले ४० प्रतिशत हिस्साको दाबी गरिरहेको छ ।