गृहपृष्ठ पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोमा पुरिएर चन्द्रागिरिमा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

वडाध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । आज बिहानसम्म पनि खोजी कार्य भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

प्रकाशित समय : ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु