गृहपृष्ठ दसैं मनाउन १८ लाखले उपत्यका छाडे
दसैं मनाउन १८ लाखले उपत्यका छाडे
यस वर्षको दसैं मनाउन करिब १८ लाखले उपत्यका छाडेका छन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् ।
असोज १ गतेदेखि आइतबारसम्म करिब १८ लाख बढी यात्रुले उपत्यका छाडेका छन् । यो निजी, भाडाका गाडी र सार्वजनिक सवारीमा बाहिरिने यात्रुको संख्या हो । सोमबार साँझसम्म १९ लाखले उपत्यका छाड्ने अनुमान रहेको उनले बताए ।
दसैंका लागि घर जाने यात्रुको भीड कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा सोमबार बिहानसम्म लागेको छ । कोभिडका कारण दुई वर्षसम्म चाडबाड मनाउन घर जान नपाएकाहरू यो वर्ष घटस्थापनाबाटै उपत्यका छाड्न थालेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि शनिबार साँझसम्म ६२ हजार ४४ सार्वजनिक सवारी बाहिरिए भने ४ लाख ६९ हजार ३ सय ७ यात्रुले उपत्यका छाडेका छन् ।
प्रकाशित समय : ११:०० बजे

















