global ime bank Long Banner Ad

गृहपृष्ठ महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्स्पेक्टर पक्राउ

महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्स्पेक्टर पक्राउ

महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्स्पेक्टर पक्राउ

धादिङ । महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् ।

खानीखोलामा कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको हो ।

पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक अपूर्व ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए ।

ढुंगाना यहाँका प्रमुख समेत हुन् । महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु