global ime bank Long Banner Ad

गृहपृष्ठ रवीन्द्रको त्यो घातक दस्तावेज विवेकशील साझाले गर्‍यो खारेज

रवीन्द्रको त्यो घातक दस्तावेज विवेकशील साझाले गर्‍यो खारेज

रवीन्द्रको त्यो घातक दस्तावेज विवेकशील साझाले गर्‍यो खारेज

काठमाडौं । विवेकशील साझा पार्टीले रवीन्द्र मिश्रको विवादस्पद र घातक दस्तावेज ‘विचार भन्दा माथि देश’लाई खारेज गरेको छ । विवेकशील साझा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियार अनुसार, शुक्रबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले उक्त दस्तावेज खारेज गरेको हो ।

रवीन्द्र मिश्रको त्यहीँ दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरु भएको र पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको प्रवक्ता परियारले जानकारी दिए ।

उनका अनुसार, बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेतासँग तत्काल छलफल गरेर समस्याको समाधान गर्न अग्रसर हुने निर्णय गरेको छ ।

विवेकशील साझा पार्टीको हालको केन्द्रीय समितिमा रहेका केही नेताहरु पार्टी हित विपरितको गतिविधिमा प्रत्य‍क्ष संलग्न भएका नेताहरूलाई तत्कालै स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने समेत निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

विवेकशील साझा भित्र देखा परेको वैचारिक असहमतिका कारण विगतदेखि नै राजीनामा दिएका, असन्तुष्ट भएर निष्कृय रहेका र वैचारिक संघर्षमा सम्मिलीत पार्टीका नेता तथा सदस्यहरुलाई विवादस्पद र घातक दस्तावेज ‘विचार भन्दा माथि देश’ खारेज गरिसकिएकाले पार्टीमा पुनः सकृय हुन, विवेकशील साझाले अपिल समेत गरेको छ ।

विवेकशील साझा भित्र ‘विचारभन्दा माथि देश’ दस्तावेज ल्याउने रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेको केही दिन मात्र भएको. छ । राप्रपा प्रवेश गरेर पनि उनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु