global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति लाइफका सञ्चालक राउण्ड टेवलको अध्यक्षमा निर्वाचित

ज्योति लाइफका सञ्चालक राउण्ड टेवलको अध्यक्षमा निर्वाचित

ज्योति लाइफका सञ्चालक राउण्ड टेवलको अध्यक्षमा निर्वाचित

ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका सञ्चालक जयन्त कुमार अग्रवाल राउण्ड टेवल इन्टरनेशनलको अध्यक्षमा निर्वाचित भएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रअन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउण्ड टेवल इन्टरनेशनल २०२२–२३ को अध्यक्षमा अग्रवाल निर्वाचित भएका हुन् ।

उक्त पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हुन् । राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेवल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने हो ।

राउण्ड टेवलमा १८ देखि ४० वर्ष उमेर समूहका गैर–राजनीतिक र गैर–साम्प्रदायिक युवाहरू सामेल छन् । युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवद्र्धन गर्नु हो ।

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु