global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाव अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो ।

महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाको निरन्तरता रहेको आरोप लगाए ।

केन्द्रीय सल्लाहकार समितिका सदस्यसमेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे ।

धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (बहुमत)ले अब देशमा कम्युनिष्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरुले बताए ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु